नियम
४ पुरातात्विक उत्खनन् गर्ने स्वीकृति
:
४.४.१ कुनै प्राचीन स्मारक रहेको ठाउँमा पुरातात्विक उत्खनन् गर्न चाहने व्यक्ति वा संस्थाले नेपाल सरकारको पूर्व स्वीकृतिको लागि अनुसूची–५ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
४.४.२ उपनियम ४.४.१ बमोजिमको दरखास्त पर्न आएमा विभागले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी उत्खनन् गर्न दिन उपयुक्त देखेमा उत्खनन् गर्न सिफारिश सहित नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउनु पर्नेछ र नेपाल सरकारबाट स्वीकृति दिने निर्णय भएमा अनुसूची–६ बमोजिमको ढाँचामा स्वीकृति दिनु पर्नेछ।